बाबुरामले गोरखा २ नछाड्ने, १५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

प्रकाशित मिति: Oct 12, 2017  

२६ असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् ।

एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित ईश्वर पोखरेल नेतृत्वको त्रिपक्षीय कार्यदलमा समस्या भएको छ ।

बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् । माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि बाबुराम १ मा भने पनि लड्न तयार थिए । उनी २०७० पनि गोरखा १ बाटै जितेका हुन् । तर, माओवादीले गोरखाका दुवै सिट नछाड्ने बताएको छ ।

बाबुराम निकट स्रोतले भने माओवादीले नमाने पनि बाबुराम गोरखाबाटै उम्मेदवार बन्ने बतायो । स्रोतले भन्यो–यदि गठबन्धनमा सम्मानजनक सहमति हुँदैन भने आँखा चुनाव चिन्ह लिएर एक्लै भए पनि अघि बढ्न कार्यकर्ताको दबाब बढिरहेको छ । तर बाबुरामले गोरखा २ कुनै हालतमा छाड्दैनन् ।

यसैबीच कार्यदलमा नयाँशक्तिले प्रतिनिधिसभातर्फ समानुपातिक र प्रत्यक्ष गरी १५ सिटको अडान राखेको छ । नयाँशक्तिले खोटाङ, सिन्धुली, सप्तरी, रसुवा, ललितपुर, मकवानपुर, गोरखा, कपिलवस्तु, कैलाली लगायतका जिल्लामा प्रतिनिधिसभाको सिट दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np