मलेसियासँग खेल्दै नेपाल

प्रकाशित मिति: Jul 24, 2017  

श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ।

नेपालले मंगलबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पहिलो चार खेलमै जित हात पारी अर्को वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकपको नजिक पुगेको छ। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना क्षीण भइसकेको छ। प्रतियोगिताको विजेताले मात्र न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्वकपमा छनोट हुन पाउने प्रावधान छ।

नेपालले प्रतियोगिताको पहिलो चरणमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। तर नेपालले त्यसका लागि ५९ रनको लक्ष्य पूरा गर्न ५ विकेट गुमाएको थियो। सिंगापुरमा नेपालको मुख्य चिन्ता ब्याटिङमा छ। नेपालले ५ खेल खेल्दा दीपेन्द्र सिंह ऐरीले मात्र अर्धशतक बनाउन सकेका छन्। मलेसियासँगको यसअघिको यू–१९ को प्रतिस्पर्धामा नेपालले १३ मध्येको १२ खेल जितेको छ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np