एनआरएन अमेरिकाको चुनावी प्रकृया शुरु, अगष्ट ११ र १२ मतदान

प्रकाशित मिति: Jul 5, 2017  

लामो समयको प्रतिक्षा पश्चात एनआरएन अमेरिकाको चुनवी प्रकृया शुरु भएको छ । निर्वाचन समितिले मंगलबार कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख चुनाव हुने जनाएको छ । उम्मेदवारको मनोनयन भोली बुधबारबाटै सुरु हुने समेत जनाइएको छ । एनआरएन अमेरिकाको निर्बाचन समितिले जारी गरेको बिज्ञप्तीका अनुसार एनसीसी पदाधिकारीका साथै च्याप्टर र आईसीसीका लागि पनि एकै साथ निर्बाचन गरिनेछ । आयोगका अनुसार जुलाई ८ सम्म उम्मेदवारी दर्ता गर्ने, जुलाई १८ मा उम्मेदवारको नामवली प्रकाशन, जुलाई २९ मा अन्तीम नामावली प्रकाशन, अगष्ट ११ र १२ भोट दिने र अगष्ट १८ मा नतिजा प्रकाशनको कार्यतालिका प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np