जुलार्इ २ मा एएनए बाल्टिमाेर सम्मेलनः बिना तामझामकाे सादा सम्मेलन

प्रकाशित मिति: Jul 1, 2017  

अमेरिकामा रहेका नेपालीहरूकाे पुरानाे संस्था एएनए (एशाेसियसन अफ नेपालिज इन द अमेरिकाज) काे ३५अाैं वार्षिक सम्मेलन मेरिल्याण्डकाे बाल्टिमाेरमा अायाेजना हुदैछ। अमेरिकाकाे स्वतन्त्रता दिवश जुलार्इ ४ काे छेकाे पारेर  अागामी जुलार्इ २ मा अायाेजना हुने एएनए सम्मेलन यसकाे इतिहासमै पहिलाेपटक बिना तामझाम अायाेजना हुदैछ । कुनै समय एनएकाे सम्मेलन भनेपछि अमेरिकामा रहेका नेपालीहरूका लागि दशै अाएजस्तै हुन्थ्याे । विभिन्न राज्यमा रहेका हजाराै नेपालीहरू सम्मेलनमा सहभागी हुन अाउँथे। तीन दिनसम्म चाडबाडजस्तै मनाइने एएनए सम्मेलनमा विवाहका लागि केटाकेटी हेर्ने र छिनाेफानाे गर्नेसम्मका कार्यक्रमहरू अायाेजना हुन्थे।

अमेरिकामा मात्र हैन, नेपालमा पनि सयाैंका लागि निम्ता जान्थ्याे र उनीहरूकाे पासपार्टमा अमेरिका प्रवेशकाे पहिलाे भिसा लाग्थ्याे । अाज अमेरिकामा रहेका धेरै कलाकार, साहित्यकार, उद्धमी व्यवसायी, समाजसेवी अादिकाे अमेरिका प्रवेशकाे पहिलाे भिसा एएनए सम्मेलनकै छेकाे पारेर लागेकाे पाइन्छ। त्यसपछि कतिले त्यहीपटकलार्इ अन्तिमपटक अमेरिका प्रवेशकाे अाधार बनाए भने कतिले एकपटक नेपाल फर्केर मल्टी री इन्ट्री भिसाकाे सदुपयाेग गर्दै अमेरिकामा बस्ने कानुनी हैसियत बनाएका छन् ।

समयक्रममा एएनएमा ठूलाे उतारचढाव अायाे । सदस्य र गैरसदस्यबीचकाे विवादका रूपमा याे मुद्दा अदालतसम्म पुग्याे । धेरैले मुद्दा खेप्नुपर्याे । लामाे अदालती लडाइपछि २०१५ मा सेफ ल्याण्डिङ भएकाे एएनए त्यसपछि भने जुर्मुराएर उठ्नै सकेन। लामाे कानूनी लडाइले गलाएर एएनए थाकेकाे सिंहजस्ताे भैसकेकाे बेला अमेरिकाकाे नेपाली डायस्पाेरामा अनेक रूप र रंगका संघसंस्थाहरूले छिचिमिरा सरह अाफ्नाे उपस्थिति जनाइसकेका थिए । याे भीडमा टाढैबाट प्रष्टसँग देखिने अग्ला कदका मानिसहरूकाे  संस्था भए पनि  एएनए कर्मक्षेत्रमा गएर भिड्ने कार्यकर्ता पंक्तिकाे अभावमा सुस्तायाे । कानूनी लडाइँमा एकपक्षकाे जीत र अर्काे पक्षकाे हार हुँदा हार्नेहरू संस्थाबाट अलगिने कार्य मात्र भएन, समानान्तर संस्था र गतिविधिकाे अभ्यास पनि भयाे ।

अहिले पनि एएनए अमेरिकाकाे नेपाली डायस्पाेरामा सबैभन्दा शाख र गाैरवशाली इतिहास भएकाे संस्था हाे । तर, हाम्राे अवस्था  थाकेकाे सिंहजस्ताे भएकाे छ। हामी फेरि नयाँ किसिमले तंग्रिएर संक्रमण पार गर्दै नयाँ भूमिकामा प्रस्तुत हुने क्रममा छाैं । यतिबेला हामी विभाजित हुनै हैन, जाेडिने कशीहरूकाे खाेजीमा छाैं । बाल्टिमाेर सम्मेलनबाट त्यही अभियानकाे श्रीगणेश हुनेछ । हामी अमेरिकी ढाँचामा रूपान्तरित एक उपलव्धीमुलक शालिन, सभ्य र सफा सम्मेलन अायाेजना गर्न गैरहेका छाैं ।
– मेदिनी अधिकारी, अन्तरिम अध्यक्ष- एएनए (एशाेसियसन अफ नेपालिज इन द अमेरिकाज)

कुनै समय एएनएमा युवा विद्यार्थीलार्इ प्रवेश गराएर संघलार्इ नै गतिशील बनाएका मेदिनी अधिकारी अहिले संस्थाका कार्यबाहक अध्यक्ष छन् । उनलार्इ बाेर्ड अफ ट्रष्टीले अर्काे चुनाव नभएसम्मका लागि संस्थाकाे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएकाे थियाे। सम्मेलनमा वैधानिक रूपमा नयाँ कार्यसमितिकाे चयन हुने छ। सम्मेलनकाे एउटा विशेषता वैधानिक नेतृत्व हस्तान्तरण पनि हाे ।

यसाे त एएनएका जानकारहरूअध्यक्ष हुने लाइनमा पुगिसकेकाे बेला मेदिनीमाथि राजनीति गरेर अर्कैलार्इ अध्यक्ष बनाएपछि एएनएन अाेरालाे लागेकाे भन्नेहरू पनि धेरै छन् । यस प्रश्नकाे उत्तरमा मेदिनी अाफैं भने कूटनीतिक रूख अपनाउँदै  साेझाे उत्तर दिएर कसैकाे पनि मन दुखाउन चाहदैनन् । उनी भन्छन्, अब त्याे इतिहास भयाे । म इतिहासलार्इ काेट्याएर वर्तमानकाे घाउ पुरिदैन । हाे, समयक्रममा एएनए चुकेकै हाे । हामीले समयकाे पदचापलार्इ पछ्याउन नसकेकै हाैं । हामीले नै गैरसदस्यहरूलार्इ खेल्ने ठाउँ दियाै । खलासीकाे काम पनि नजानेकाे मान्छेकाे हातमा स्टेयरिङ थमाएपछि दुर्घटना त हुने नै थियाे, भयाे ।

एएनएकाे २०१५ मा सेफ ल्याण्डिङ भएकाे ठान्ने मेदिनी भन्छन्, अहिले पनि एएनए अमेरिकाकाे नेपाली डायस्पाेरामा सबैभन्दा शाख र गाैरवशाली इतिहास भएकाे संस्था हाे । तर, हाम्राे अवस्था  थाकेकाे सिंहजस्ताे भएकाे छ। हामी फेरि नयाँ किसिमले तंग्रिएर संक्रमण पार गर्दै नयाँ भूमिकामा प्रस्तुत हुने क्रममा छाैं । यतिबेला हामी विभाजित हुनै हैन, जाेडिने कशीहरूकाे खाेजीमा छाैं । बाल्टिमाेर सम्मेलनबाट त्यही अभियानकाे श्रीगणेश हुनेछ । हामी अमेरिकी ढाँचामा रूपान्तरित एक उपलव्धीमुलक शालिन, सभ्य र सफा सम्मेलन अायाेजना गर्न गैरहेका छाैं ।

हामीले ३५ वर्ष तामझाम गरेर भाेज खाएरै बितायाै। अाखिर के भयाे त उपलव्धी ? हामीसँग त्यसकाे उत्तर नै छैन। त्यसैले यसपटक हामीले शक्ति सञ्चय गर्दै अात्ममूल्यांकनका लागि ठाउँ दिन पनि एकदिने सम्मेलन अायाेजना गरेका हाैं । याे हाम्राे बाेर्ड अफ ट्रष्टी र अग्रजहरूकाे सल्लाहमा संस्थाकाे हितमा लिइएकाे निर्णय हाे । भाेलिकाे एएनएका लागि हामीले लिएकाे याे रणनीतिक डिपार्चर हाे । हामी याे सम्मेलनमार्फत एएनएलार्इ रिभिजिनाइज्ड गर्नेछाैं ।
– मेदिनी अधिकारी, अन्तरिम अध्यक्ष- एएनए (एशाेसियसन अफ नेपालिज इन द अमेरिकाज)

बाल्टिमाेर सम्मेलन बिना तामझाम र एक दिनमात्रै अायाेजना गर्न लागिएकाेले एएनए निभ्न लागेकाे दीयाे त हैन भन्नेहरू पनि भेटिन्छन् नि भन्ने प्रश्नकाे उत्तरमा एएनएका अन्तरिम अध्यक्ष अधिकारी भन्छन्, त्यस्ताे हैन । हामीले ३५ वर्ष तामझाम गरेर भाेज खाएरै बितायाै। अाखिर के भयाे त उपलव्धी ? हामीसँग त्यसकाे उत्तर नै छैन। त्यसैले यसपटक हामीले शक्ति सञ्चय गर्दै अात्ममूल्यांकनका लागि ठाउँ दिन पनि एकदिने सम्मेलन अायाेजना गरेका हाैं । याे हाम्राे बाेर्ड अफ ट्रष्टी र अग्रजहरूकाे सल्लाहमा संस्थाकाे हितमा लिइएकाे निर्णय हाे । भाेलिकाे एएनएका लागि हामीले लिएकाे याे रणनीतिक डिपार्चर हाे । हामी याे सम्मेलनमार्फत एएनएलार्इ रिभिजिनाइज्ड गर्नेछाैं ।

एएनए सम्मेलनमा सहभागी हुन सबैलार्इ अाग्रह गर्दै उनले केही मानिससँग चित्त पनि दुखाए । उनकाे गुनासाे थियाे, एएनएले धेरैकाे भिसा लगाइ दियाे, धेरै संस्थाका लागि प्लेटफर्म दियाे । तर, अधिकांश मानिसहरू एएनएप्रति कृतज्ञ हुनेभन्दा पनि यसलार्इ उपयाेग गर्ने र कालिदाश प्रवृतिमा रमाए । जुलार्इ ४ नजिकै पहिलाेपटक भिसा लागेकाे सम्झनामा कतै  एएनए सम्मेलन पनि सम्झेलान् कि?

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np