भ्रमको खेती होइन, स्वच्छ चुनावमा आउनुहोस्-जोशी

प्रकाशित मिति: Jun 28, 2017  

टेक्सास, एनआरएन अमेरिकाको निर्बाचनको मिति सार्बजनिक हुन ढिला भईरहेको भए पनि चुनावी अभियान भने निकै तातेको छ । सामाजिक सन्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटेका उम्मेदवारहरु चुनावी प्रचार प्रसारका साथै बिभिन्न आरोप प्रत्यारोपमा पनि उत्रिन लागेका छन् । यसैबिच अध्यक्षका उम्मेदवार गौरी जोशीले अर्का प्रतिष्प्रधी तथा बर्तमान अध्यक्ष डाक्टर केशब पौडेलका समर्थकहरुले आफ्नो तथा सामाजिक जिवनमा बिभिन्न अनलाइनबाट समाचारका नाममा भ्रम फैलाउन खोजेको भन्दै आपत्ती जनाएका छन् । जोशीले एक बिज्ञप्ती मार्फत आफ्ना प्रतिष्प्रधीलाई भ्रममा नपार्न र स्वस्थ प्रतिष्प्रधामा आउन चेतावनी समेत दिएका छन् ।
जोशीले फेशबुकमार्फत जारी गरेको बिज्ञप्ती यसप्रकार छ ।

प्रेश बिज्ञप्ती
जुन २७, २०१७

आदरणिय एनआरएन साथीहरु नमस्कार,
सबैभन्दा पहिला त एनआरएन अमेरिकाको आगामी भबिश्य सुधार गर्दै बलियो र उदाहरणिय एनआरएन अमेरिका बनाउनका लागि यंहाहरुले देखाउनुभएको चासो र हाम्रो अभियानप्रती देखाउनुभएकोे हौसलाको उच्च सम्मान गर्न चाहान्छु ।
अग्रज तथा सहयात्री साथीहरु, यंहाहरु सबैलाई अवगत नै छ, हामी यतिबेला एनआरएन अमेरिकालाई यस भद्रगोल अवस्थालाई ब्यापक सुधार गर्दै नयां यात्रामा लैजानका लागि निर्बाचनको ब्यग्र प्रतिक्षामा छौं । यतिबेलासम्म निर्बाचन सम्पन्न भई नयां कार्यसमितिले काम थालिसक्नु पर्ने बेला भईसकेको थियो तर पनि बर्तमान समितिकै कमोजोरी र निर्बाचनमा जान गरेको ढिला सुस्तीका कारण हामी आजसम्म पनि निर्बाचनको मितिकै प्रतिक्षामा रहनु परेको छ ।
यंहाहरुको साथ र हौसलाका साथ मैले तपाई हामी सबैको साझा र बलियो एनआरएन अमेरिका बनाउने अभियानको नेतृत्व गर्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको कुरा त सर्बबिदित नै छ । म अहिले अमेरिकाको बिभिन्न राज्यमा रहनुभएका एनआरएन साथीहरुसंग भेटघाट र छलफलका क्रममा हिडिरंहदा यंहाहरुले म प्रतिन देखाएको माया र साथले थप उत्साहित बनाएको छ ।
साथीहरु, यतिबेला निर्बाचन नजिक आईरहेको बेला र हामीले निर्बाचन जित्ने निश्चित भएको बेला केहि नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा मेरो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको देख्दा मेरो ध्यानआर्कषण भएको छ । हामी अमेरिका जस्तो प्रजातान्त्रीक मुलकमा छौं र प्रजातन्त्रको अभ्यास निर्बाचनमा जान डराउदै अरुप्रती भ्रम पैदा गर्न खोज्नु असफल प्रयासमात्र हुने कुरा पनि म सम्बन्धीत पक्षलाई सचेत गराउंछु । हामी स्वच्छ प्रतिष्प्रधा र निर्बाचनमा जान तयार रहेको जानकारी गराउंदै अरुलाई पनि स्वच्छ प्रतिष्पर्धामा उत्रन आब्हान गर्दछु । पत्रकारिता सम्मानित पेशा हो, अमेरिकाको नेपाली समुदायमा पत्रकारहरुले धेरै राम्रो खेल्नु भएको कुरा हामी सबैलाई थाहै छ तर केहि नामै नसुनिएका र पित पत्रकारिता मार्फत मेरो ब्यक्तीगत जिवनमा लगाउन खोजेको आक्षेपको भने म निन्दा गर्दछु ।
अन्त्यमा, अमेरिकामा रहनुभएका सम्पुर्ण एनआरएन साथीहरु यंहाहरुसबैलाई एनआरएन अमेरिका सुधारको हाम्रो यस अभियानमा यंहाहरु सबैको थप खबरदारी र साथको अपेक्षा समेत गर्दछु ।
धन्यबाद
गौरी जोशी
एनआरएन अमेरिकाको अध्यक्षका उम्मेदवार
टेक्सास, अमेरिका

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np