एनआरएन टेक्सास च्याप्टर उपाध्यक्षमा गौतमको उम्मेदवारी

प्रकाशित मिति: Jun 14, 2017  

टेक्सास- एनआरएन अमेरिकाको टेक्सास च्याप्टर उपाध्यक्षमा ह्युस्टनमा रहेका द्रोण गौतमले उम्मेदवारी घोषणा गरेका छन्। बिगत १४ बर्ष देखि ह्युष्टनमा रहेर बिभिन्न सामाजिक कार्यमा सकृय रहंदै आएका गौतमले मंगलबार एक बिज्ञप्ती जारी गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । गुल्मी घर भएका गौतमले टेक्सास च्याप्टरलाई उदाहरणिय च्याप्टर बनाउन आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन् । टेक्सास च्याप्टरको अध्यक्षमा यसअघि नै डल्लासमा रहेका बिकास आचार्य र भानु खरेलले उम्मेदवारी घोषणा गरेका छन् । एक स्वास्थ्य सेवा प्रदायक कम्पनीको कार्यकारी प्रमुख रहेर नेपाली समाजमा ब्यवसायिक रुपले समेत सहयोग गर्दै आएका उपाध्यक्षका उम्मेदवार गौतमले उम्मेदवारी यसरी घोषणा गरेका छन् ।
एनआरएन टेक्सास च्याप्टर उपाध्यक्षमा मेरो उम्मेदवारी

आदरणीय टेक्सास निबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार! म द्रोण राज गौतम बिगत १४ बर्ष देखि टेक्सस राज्यको ह्युस्टन शहरमा मेरो परिवार (श्रीमती, १ छोरा र १ छोरी) को साथ बस्दछु। यो १४ बर्षको अवधीमा म ह्युस्टनमा रहेका विभिन्न सामाजिक सस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भै सक्दो काम गरि आएको छु। हाल म एक गैर-नाफामूलक स्वास्थ्य सस्था मा कार्यकारी अधिकृतको रुपमा काम गरिरहेको छु । सबैभन्दा पहिला त टेक्सस अमेरिकाको सबैभन्दा धेरै एन. आर. एन. सदस्यहरु भएको राज्य हुन सफल भएकोमा हामी सबैलाई बधाई दिन चाहन्छु । २०१० बाट आधिकारिक रुपमा काम गर्न सुरु गरेको सस्थाले छोटो समयमा नेपाल र नेपालीहरुको लागि उल्लेखनीय काम गरेता पनि सस्था धेरै भन्दा धेरै नेपालीहरुको पहुचमा पुग्न सकेको छैन। त्यती मात्र नभएर संस्थामा बसेर नेपालको राजनीति गरेको र संस्थालाई भर्र्याङ् बनाएर ब्यक्तिगत लाभ लिन खोजेको जस्ता नकारात्मक आरोप पनि संस्थालाई लाग्ने गरेको छ। अमेरिकामा बस्ने नेपालीहरुको साझा सस्था एन.आर.एन.ए. को सामाजिक नेतृत्व चुन्नको लागि छिट्टै चुनाब हुने कुरा सबैलाई थाहा भएकै कुरा हो। हुनत सामाजिक काम गर्नको लागि पदमा बस्नै पर्छ भन्ने छैन तर आधिकारिक संस्थाको आधिकारिक प्रतिनिधि हुँदा सामाजिक काम छिटो र प्रभाभकारी हुन्छ भन्ने मेरो मान्यता छ। त्यसैले यस् पटक हुन लागेको एन.आर.एन.ए को चुनाबमा टेक्सस राज्य च्याप्टरको उपाध्यक्ष्य पदमा मैले उम्मेदबारी दिने निर्णय गरेको छु। आदरणीय एनआरएन साथीहरु, मैले टेक्सास च्याप्टरको उपाध्यक्षमा पदमा तपाईहरुको साथ र समर्थन लिएर काम गर्ने मौका पाए भने च्याप्टरका सबै साथीहरुको सहकार्यमा हाम्रो च्याप्टरलाई उदाहरणिय बनाउन पुर्ण रुपमा लाग्नेछु । मेरो उम्मेदबारी कुनै नेता हुन नभएर बिशुद्द नेपाली र नेपालको हितमा काम गर्न र हामी सबैको साझा सस्था लाई “राम्रो र हाम्रो” सस्था बनाउन प्रयास गर्न को लागि हुनेछ। मेरो प्रयास गैर नाफा-मुलक सस्था मा बसेर राजनीति गर्नु नभई राजनीति गर्न खोज्ने हरुको बिरुद्दमा अवाज उठाउनु हुनेछ। बिदेशमा दुख पाएका नेपाली हरुलाई सहयोग गर्न, चहर्याइ रहेका घाउमा मलम लगाउन, र आफ्नो मातृभूमि नेपालमा आपत विपत परेको बेलामा सक्दो सहयोगको लागि सबै संग हाते मालो गर्न हुनेछ। मेरा आफ्ना ब्यक्तीगत एजेण्डा भन्दा पनि समग्र एनआरएन अमेरिकाको सुधार र ब्यक्तीमुखी भन्दा पनि समाजमुखी एनआरएन बनाउन टेक्सस भरिका स्थानिय नेपाली सामाजिक सस्थाहरु, एनसीसीको टिम र च्याप्टरको टिमसंग मिलेर काम गर्नेछु । यो मेरो अभियानमा मैले आगामी दिनमा गर्नुपर्ने कामको सुझाव र मेरो उम्मेदवारीलाई तपाईहरुको समर्थनको अपेक्षा राख्दछु । निर्बाचन आउन अझै केहि दिन बांकी रहेकोले हामीले गर्नुपर्ने काम र एजेण्डाको बारेमा थप प्रष्ट पार्दै जानेछु । एकपटक मौका दिनुहोस् मैले यहाहरुको आवश्यकता र सुझाव अनुसार अगाडि बढ्नेछु। सहयोगको अपेक्षा सहित, द्रोण राज गौतम हाल: ह्युस्टन, टेक्सस जन्म: गुल्मी, नेपाल nissangautam@hotmail.com

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np