शिकागोमा यसरी झल्कीयो नेपाल

प्रकाशित मिति: May 23, 2017  

शिकागो, अमेरिकाकाको शिकागो शहरमा आयोजित एक बिषेश कार्यक्रममा अमेरिकी सांसद तथा कुटनितिज्ञहरुले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन् । नेपालीहरुको पुरानो संस्था एन्माले नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा शिकागोमा आयोजना गरेको नेपाली पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रममा अमेरिकी राजनितीज्ञ तथा कुटनितिज्ञका साथै बिभिन्न क्षेत्रमा सकृय अमेरिकनहरुले नेपालीहरु निकै सहयोगी र मिलनसार हुनाका साथै नेपाल पर्यटनका लागि आकर्षक स्थान भएकोमा प्रशंसा गरेका हुन् । एन्माका अध्यक्ष तथा पर्यटनदुत बाला घिमीरेको सभापतित्वमा भएको कार्यक्रममा अमेरिकी सांसदमा शिकागो क्षेत्रबाट प्रतिनिधीत्व गर्ने कंग्रेसम्यान डान्यी डेभिस र ईलिनोईस राज्यका सेक्रेटरी अफ स्टेट जेस्सी ह्वाईटले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलेसी, नेपालमा भ्रमण गरेका बिभिन्न क्षेत्रका बिशिष्ट अमेरिकनहरुका साथै स्थानीय राजनीतिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने नेपाल पुगेर आएका अमेरिकनहरुले नेपाल घुम्नका लागि अत्यन्तै सुन्दर स्थान भएको र नेपालमा एक पटक पुगे पश्चात पटक पटक जान मन लाग्ने स्थान भएको भन्दै नेपाल जान नपाएका अमेरिकनहरुलाई नेपाल घुम्न प्रोत्साहन गरेका थिए । नेपालमा पुग्न नसकेका बक्ताहरुले आफुहरु नेपाल जान आतुर रहेको र नेपालमा पुग्न नसके पनि यस्ता कार्यक्रमहरुले नेपालीहरुसंग नजिक हुन सहयोग गराइरहेकोमा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालको पर्यटन स्थलहरुको महत्व देखाउने भिडियो र पोष्टरका साथै, आकर्षक नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो ।
पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ मुटुरोग बिषेशज्ञ डाक्टर भगवान कोइरालाले कार्यक्रम आयोजकलाई नेपालको पर्यटन प्रवद्धनमा बिषेश टेवा दिन खोजेकोमा आभार ब्यक्त गर्दै अमेरिकामा रहेका नेपालीहरुलाई पनि नेपालमा बाक्लो भ्रमण गरेर देशको बिकासमा लाग्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा महावाणिज्यदुत प्रेमराजा महत, एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेल, एन्मा अध्यक्ष मेदिनी अधिकारी, नासा अध्यक्ष बिमल नेपाल, प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव राधाकृष्ण देउजा, शिकागो ल्याण्ड नेपाली सोसाईटिका अध्यक्ष टेकराज पौडेल लगायतले अमेरिकामा रहेका नेपालीहरुले नेपालको पर्यटन प्रवद्धनका लागि खेल्नु पर्ने भुमिकाका बारेमा आफ्नो भनाई राखेका थिए ।

एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिकाका महासचिव भरत कंडेलले सन्चालन र गोपाल कंडेलको स्वागत मन्तब्यमा भएको कार्यक्रममा एन्माका निर्बतमान अध्यक्ष शुसिल शर्मा, पुर्व अध्यक्षहरु गोपेन्द्र भट्टराई, राजेन्द्र खतिवडा लगाएतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमको सम्पुर्ण भिडियो ह्वाईट हिमालको फेशबुक फ्यान पेजमा हेर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np