काठमाडौंमा ३८ हजार मत गन्दा मेयरका झन्डै १० हजार मत बदर

प्रकाशित मिति: May 19, 2017  

काठमाडौं महानगरपालिका ३८ हजार मत गन्दा मेयर र उपमेयरका लागि झण्डै १० हजार मत बदर भएका छन्। अहिलेसम्म मेयरका ३२९९ मत बदर भएका छन् भने उपमेयरका ६६०३ मत बदर भएका छन्।

बदर भएकामध्ये धेरै भोट उपमेयरमा एमालेलाई दिएका छन्। नेकपा एमालेले काठमाडौंमा उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ। तर मतदाताले उम्मेदवार नै नभएको एमालेको सूर्य चिन्हमा छाप लगाएका छन्।

त्यस्तै विवेकशील र साझा पार्टीको चुनाव चिन्ह र कांग्रेस र एमालेको चुनाव चिन्हमा भोट हालेका मेयरका भोट पनि बदर भएका छन्। मतदाताले मेयरका लागि कांग्रेस र एमालेका साथै साझा र विवेकशीललाई पनि भोट हाल्न खोज्दा एउटै पदमा दुई चिन्हमा छाप हानेका छन्।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np