अमेरिकाबाट नेपालमा धेरै पर्यटक पठाउने हाम्रो चाहना हो – बाला घिमीरे

प्रकाशित मिति: May 13, 2017  

अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एशोसियसन अफ नेप्लिज ईन मिडवेष्ट अमेरिका (एन्मा) अमेरिकाको ठुलो नेपाली संस्था मध्येको एक हो । मिडवेष्ट राज्यमा रहेका नेपालीहरुको साझा संस्था मानिने एन्मामा गत एक बर्ष देखि शिाकागोमा रहनुभएका ब्यवसायी तथा समाजसेवी बाला घिमिरेले नेतृत्व सम्हाल्नुभएको छ । नेपाल सरकारका पर्यटनदुत समेत रहेका घिमीरेकै नेतृत्वमा यहि मे २० तारिखमा शिकागोमा नेपाल चिनाउने एक बिषेश कार्यक्रम हुंदैछ प्रस्तुत छ । यहि बिषयलाई मध्यनजर राखेर पत्रकार सूर्य थापाले घिमीरेसंग गर्नुभएको  कुराकानी ।

तपाईंहरुले यो मे २० मा शिकागोमा गर्न लाग्नुभएको कार्यक्रम कस्तो खालको कार्यक्रम हो ?

घिमीरे – हामीले यहि मे २० मा गर्न लागेको कार्यक्रम मुलत नेपाल चिनाउने कार्यक्रम हो । यस कार्यक्रममा हामीले नेपालको भुकम्पक पछिको अवस्था र प्राकृतिक सौन्दर्यतालाई मध्यजनर गरेर कार्यक्रम तयार पारेका छौं ।

यो कार्यक्रममा के कसरी नेपाललाई चिनाउने उद्धेश्य छ त ?

घिमीरे – हामीले यस कार्यक्रममा दुई तरिकाले नेपाल चिनाउन खोजेका छौं । पहिलो कुरा हामीले नेपालमा पुगेर आएका अमेरिकाका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तीहरुलाई नेपालको सौन्दर्यता र पर्यटकिय स्थानको बारेमा बोल्न दिने  छौं, भने दोश्रो नेपालको प्राकृतिक सौन्दर्यता देखाएर भ्रमण नगरेका अमेरिकनहरुलाई नेपालमा घुम्न प्रोत्साहित गर्नेछौं ।

यस कार्यक्रममा अमेरिकन सरकारका कस्ता ब्यक्तीहरु सहाभागि हुनेछन् ?

घिमीरे – हामीले यस कार्यक्रमलाई मुख्य रुपमा नेपालको बारेमा धेरै जानकारी दिएर अमेरिकन पर्यटकहरु थप भित्राउने उद्धेश्य राखेकोले अमेरिकन समुदायका बिशिष्ट ब्यक्तीहरुलाई निम्ताएका छौं । हालसम्म केहि कांग्रेसम्यान ज्यूहरु, पुर्व राजदुत ज्यूहरुका साथै शिकागो क्षेत्रका स्थानीय प्रतिनिधीहरु आउने पक्का भएको छ भने नेपाली समुदायका महावाणिज्यदुत प्रेमराजा महत, एनआरएन अध्यक्ष डाक्टर केशब पौडेल, नासा अध्यक्ष बिमल नेपाल, बिभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका नेपाली ब्यक्तीहरु आएर नेपालको बारेमा बोल्नु हुनेछ । तर अझै पनि केहि दिन समय भएकोले हामी धेरै भन्दा धेरै बिशिष्ट ब्यक्तीहरुलाई ल्याएर यो कार्यक्रमलाई भब्य बनाउने तयारीमा छौं ।

यो कार्यक्रमको मुख्य आयोजक को हो वास्तवमा ?

घिमीरे – यस कार्यक्रमको मुख्य आयोजक भनेको नेपालीहरुको पुरानो संस्था एन्मा र नेपाल पर्यटन बोर्ड हो । मैले एन्माको नेतृत्व सम्हालेपछि नेपाली समुदायमा फरक खालको कार्यक्रमहरु आयोजना गर्न खोजीरहेको र नेपाल सरकार पर्यटन बोर्डले पनि मलाई पर्यटनदुतमा नियुक्त गरेपश्चात पर्यटन बोर्डको पनि नेपाललाई अमेरिकन समुदायमा थप परिचित गराउने उदेश्य रहेकोले हामीहरु नै मिलेर यो कार्यक्रम आयोजना गरेका हौं । तर मलाई लाग्छ यस प्रकारका कार्यक्रमहरु कस्ले आयोजना गरेको हो भन्दा पनि हामी सबै नेपाली समुदायको साझा कार्यक्रम हो किनकी हामी सबैको उद्धेश्य भनेको यंहाबाट नेपालको पर्यटन तथा आर्थिक उन्नतीमा सहयोग पुराउनु नै मुल उद्धेश्य हुनुपर्दछ ।

तपाईले स्थानिय रुपमा कार्यक्रमलाई कसरी ब्यवस्थापन गर्दैहुनुहुन्छ ?

घिमीरे – हामीले यस कार्यक्रमलाई भब्य बनाउन शिकागोमा रहेका स्थानीय नेपाली साथीहरु, संस्थाहरुका साथै एन्माका बोर्डका साथीहरु खटिरहनुभएको छ । हाम्रो संस्था एन्माका महासचिव भरत कंडेल जी, सचिव गोपाल कंडेल जी, निर्बतमान एन्मा अध्यक्ष शुसील शर्माजी लगाएतका धेरै साथीहरु खटीरहनुभएकोले कार्यक्रम ब्यवस्थापन गर्न धेरै सहज भएको छ । हामीले यस कार्यक्रममा मौलिक नेपाली खाना निशुल्क रुपमा समेत खुवाएर नेपाली स्वाद अमेरिकनहरुलाई चखाउने पनि छौं र बरिष्ठ लोक गाएक प्रेमराजा महतका साथ शिकागो फ्रेण्डसीप सोसाईटीको सहयोगमा तरगं ब्याण्डले नेपाली संगीतको सुमधुर प्रस्तुती पनि दिनेछ ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np