एमाले नेता केशव बडाललाई हृदयघात

प्रकाशित मिति: May 12, 2017  

काठमाडौ- नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदका सभापति तथा सांसद केशव बडाललाई हृदयघात भएको छ ।

पूर्वमन्त्री समेत रहेका बडाललाई घरमै हृदयघात भएपछि चाबहिलको हेल्पिङ हृयाण्ड अस्पतालमा उपचार गराइएको थियो ।

उनलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी खतरामुक्त रहेको निकटस्थ स्रोतले बतायो ।

बडाल राष्ट्रिय सहकारी संघको केन्द्रीय अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np