ड्यालस एभरेष्ट लायन्स क्लबको नेतृत्व बिएन पन्तले सम्हाल्ने

प्रकाशित मिति: May 8, 2017  

ड्यालस्थित एभरेष्ट लायन्स क्लबको नेतृत्व अाउँदो जुलाईदेखि बिएन पन्तले सम्हाल्ने भएका छन् । संस्था स्थापना भएको १४ अैाँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रममा जुलाईदेखि लागु हुने नयाँ कार्यसमिति सार्वजनिक गरिएको छ ।
‘नेपालका लागि एक साँझ’ नाम दिइएको शनिवारको कार्यक्रममा लायन्स क्लका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
लायन्स क्लबको प्रचलन अनुसार दुई महिना अघिनै नयाँ नेतृत्व चयन गरेर शनिवार साँझ सार्वजनिक गरिएको हो । नयाँ नेतृत्वमा निवर्तमान अध्यक्षमा राधाकृष्ण काफ्ले, प्रथम उपाध्यक्षमा थलराज पन्त, दितीय उपाध्यक्षमा सुरेश बस्याल, सचिवमा मिना क्षेत्री र कोषाध्यक्षमा केदार तिमिल्सिना चयन भएका छन् । त्यस्तै टेल टि्वस्टरमा देवेन्द्र शाह, ट्यामरमा प्रकाश गाैतम, एलसिअाइएफ कोअर्डिनेटरमा केशव लामिछाने र डाइरेक्टरद्वयमा खेमराज बास्तोला र शशी भट्टराई चयन भएका छन् ।
ड्यालस एभरेष्ट लायन्स क्लबमले अमेरिकामा समय समयमा आँखा शिविर, देउसी भैलो, कविताा प्रतियोगिता, नेपालमा समय समयमा आवश्यक सहयोग गर्दै आएको छ । त्यस्तै संस्थाले अर्घाँखाँचीमा स्कुल बनाउन समेत सहयोग गरेको छ । सोलुखुम्बुमा समेत स्कुल भवनका लागि सहयोग गरेको छ ।
ड्यालसस्थित एभरेष्ट लायन्स क्लबले प्रेसिडेन्ट अवार्ड समेत प्राप्त गरेको छ । डिस्ट्रिक्टमध्यबाट उत्कृष्ठ कार्य गरे बापत १४ वर्षको अवधिमा यो अवार्ड प्राप्त गरेको हो ।  संस्थाले प्रदान गर्ने उत्कृष्ठ लायन्स क्लब अवार्ड थलराज पन्तलाइ दिइएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राधाकृष्ण काफ्लेले गरेका थिए । ड्यालस एभरेष्ट क्लबले ७० वटा क्लबमध्यबाट क्लब अफ दी इएर समेत प्राप्त गरेको छ । त्यस्तै लियो प्रेसिडेन्ट अर्पण काफ्लेलाइ समेत सम्मान गरिएको थियो ।
शनिवारको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व काउन्सिल सभापति जोन इएड्स थिए । त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । संस्थाले गत वर्षको निबन्ध लेखनमा प्रथम हुने श्वेता गाैतम र यसवर्षको वक्तृत्वकलामा प्रथम हुने सफल लामिछानेलाइ पुरस्कार प्रदान गरिएको थियो ।  त्यस अवसरमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np