प्रहरी प्रमुख वा प्रमुख बन्न खोज्नेले प्रहरीलाई एकताबद्ध राख्नुपर्दैन?

प्रकाशित मिति: May 4, 2017  

राधाकृष्ण देउजा-
नेपाल प्रहरीको आइजीपी बढुवा विवादले अहिले नेपालको राजनीति नै तरंगित भैरहेको छ l सरकारले कार्यसम्पादन मुल्यांकनमा अग्र रहेको दावी सहित बनाएको आइजीपीलाइ फ्यालेर अदालतले कार्यसम्पादन लगायतले अगाडी रहेको किटाण गरेको डिआइजिलाई आइजीपी बनाउछ कि भन्ने डरले सत्तामा रहेका दलहरुले इतिहासकै लोकप्रिय र इमान्दार मध्य एक रहेकी प्रधानन्याधिशलाइ महाभियोगनै लगाईदिए । 
आइजीपी को व्यक्ती छ वा हुनुपर्छ भन्ने विषय जनताको निम्ती खासै ठुलो कुरा भएन र हैन पनि तर आइजीपी हुने व्यक्तीसंग आइजीपी हुन आवश्यक गुणहरु हुनुपर्छ र सवै भन्दा मुख्य कुरो निजको स्वच्छतामा कुनै प्रश्न उठेको हुनुहुदैन भन्ने चाहिँ जनताको सरोकारको विषय पक्कै हो । यद्धपि अहिले त प्रहरीको आइजीपी हुन योग्य रहेको दावी गर्नेलाइ किर्ते काम गरेको आरोप लगाइएको छ भने भैरहेका आइजीपीको नियुक्ती निर्णय पनि कृतेको साहरामा भएको हो भन्ने त प्रमुख बिपक्ष दलको नेताले संसदको बैठकमै उभिएर बोल्नु भएको छ ।  क्रिते भएको थियो वा थिएन, भएको थियो भने कसले कसरी गरेको थियो भन्ने सत्य तथ्य बाहिर आउनु पर्छ तर त्यसको छानविन विधि अनुरुप, विश्वसनीय ढंगले हुनुपर्नेमा विचाराधीन मुद्दाका दुइ झगडिया मध्य एउटा झगडिया माथि लागेको आरोपको विषयमा अर्को झगडियाले छानविन गर्ने र दोषी रहे नरहेको ठहर गर्ने ढङ्गले छानविन गर्ने गरि सरकारले फरमान जारि गर्यो । 
 
न्यायिक सिद्धान्त विपरित आएको फरमान उचित र उपयुक्त छैन भन्ने हिसाबले सरकारलाइ सम्झाउनुको साटो प्रहरी प्रधान कार्यालयले छानविन टोलि बनाएर छानविन मात्रै गरेन आफ्नो वाहलवाला डिआइजीलाइ नियन्त्रणमा लिने सम्मको काम गर्यो ।  न्यायिक प्रक्रिया विपरितको उक्त कदममा रोक लगाउदै सम्मानित अदालतले नियन्त्रणमा रहेका डिआइजीलाइ छोडन र सर्वोच्चमै शव्दमा ” विचाराधीन मुद्दालाइ प्रभावमा पार्ने हिसावको कथित छानविन ” नगर्न आदेश दिएकै अवस्थामा पनि प्रहरीले सुच्छ्म अनुसन्धान प्रतिवेदन भन्दै क्रिते भएको ठहर हैन आशंका गर्ने ठाउँ रहेको भन्दै आफ्नो दावी पेश गरेको भन्ने सुनिएको छ।
अहिले सतहमा जे देखिएको छ यसको आधारमा भन्नु पर्दा एउटा झगडियालाइ लागेको कृतेको आरोपको विषयमा छानविन अर्को झगडियाले गर्ने कुरा न्यायिक र व्यवहारिक दुवै हुन सक्दैनन, र सतहमा आएका क्रितेको दावी र त्यसको कथित र विवादित छानविनको निष्कर्षले कुनै स्थान पाउला भन्ने आधार देखिदैन ।  अब सरकारले गरको कामलाइ अनुचित ठहर गर्ने आशँका लागेको अवस्थामा लोकप्रिय र निष्कलंक प्रधानन्याधिशलाइ त माहभियोग लगाए मलाइ पनि लगाउलान भन्ने ठानेर न्यायमूर्तिले विवेक बन्धकी राखे अलग कुरा हो । नत्र एउटा झगडियाको विरुद्ध अर्कोले छानविन गर्न पाउने हो भने त अहिलेसम्म जिम्मेवारीले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो प्रमुख रहेका नवराज सिलवालले आफ्नो मातहतका अधिकृतहरु राखेर प्रहरीको आइजीपी बढुवाको सम्पूर्ण कागजपत्र अनुसन्धान थाल्ने , शंका लागे जति सवैलाइ समात्न थाल्ने हो भने के होला ? त्यो पनि गलत हुनेछ , त्यसैले सवै भन्दा पहिला अदालतमा विचाराधीन रहेको मुद्दामा पेश भएका कागजपत्रहरुको आधिकारिकता र विश्वसनीयतामा अदालत आफैंले निर्क्योल गरोस , र यदी अदालतलाइ कुनै कागजपत्रमा शंका लागेमा त्यसको छानविनको निम्ती उसले स्वतन्त्र जाँचबुझ आयोग बनाउन निर्देश गर्नसक्छ र गर्नुपर्छ पनि । तर जेसुकै हुँदा पनि यो क्रितेको हौवाले प्रहरी संगठनको साख गिरेको छ । 
क्रिते भएको भए पनि नभएपनि प्रहरीको आइजीपी हुन वा बनाउन क्रिते कागजपत्रको सहारा लिने काम पनि हुँदो रहेछ भन्ने ठान्ने र मान्ने पङ्क्ति रहिरहने छन , त्यसमा कतिले अहिले भएकाले गरे भन्नेहरु होलान त कतिपयले हुन योग्य रहेको दावी गर्नेले गरेको ठान्लान, जेसुकै हुँदा पनि घाटा प्रहरीलाइ छ ।  प्रहरी बुझेका सवैलाइ थाहाछ कि इन्स्पेक्टरमा सेवा प्रवेश देखि आइजीपीको प्रतिस्पर्धी हुने अवस्थासम्म आइपुग्दा नवराज सिलवाल र प्रकाश अर्याल दुवै व्यवसायिक छवि बनाउदै आएका अधिकृत हुन, यद्धपि उठान गरिएको विषयलाइ हैन त्यसले कसलाई फाइदा वा बेफाइदा गर्छ भन्ने हिसाबले व्याख्या गर्ने अनि उठाइएक विषयको सन्दर्भलाइ लिएर कसैको पक्ष वा विपक्षमा देखाउने प्रयत्न हुने संस्कार समेतलाइ मध्य नजर गर्दै भन्नैपर्छ कि प्रहरी संगठनको नेतृत्व गर्न आवश्यक नेतृत्व क्षमता नवराज सिलवालमा अरु भन्दा ज्यादा छ भन्ने विश्वास अहिले पनि बर्करार छ, उनि आइजीपी भएनन वा हुन दिइएन भन्ने आधारमा आफ्नो बुझाइ परिवर्तन हुने कुरै भएन । 
जहाँसम्म जोसुकै माथि पनि लागेका लगाइएका आरोपहरुका कुरा छन त्यसमा त सदैव एउटै सिद्धान्तत लागु हुन्छ र हुनुपर्छ त्यो के भने जवसम्म आरोप विश्वसनीय छानविन मार्फत प्रमाणित हुदैन तवसम्म ति अर्थहीन आरोपमै सिमित रहन्छन । यस अर्थमा अहिले यो त्यो ढङ्गले उठान गरिएका क्रितेका कथित आरोपहरुको पछाडी दौडिने र यसलाइ वा उसलाई बदनाम गर्न हिडने वा सो कार्यको सहायक बन्ने काम किमार्थ गलत हुन्छ।  बरु गर्नु के पर्छ भने अदालतमा विचाराधीन मुद्दालाइ आफ्नो ढङ्गले प्रक्रिया अनुसार अगाडी बढन दिएर समग्र प्रहरी संगठनको एकतालाइ मजबुत बनाउन , जुनसुकै अवस्थामा पनि प्रहरी संगठनको मनोवल उच्च राख्न आफ्नो-आफ्नो ठाउँबाट भुमिका खेल्न सवैलाइ अनुरोध गर्नु उपयुक्त हुन्छ र समय आवश्यकता अनुसार भूमिका निभाउन को सफल र को असफल हुन्छ त्यसको पनि राम्रो लेखा जोखा गरिनु पर्छ।
(हाल न्यूयोर्कमा रहेर सुरक्षा सम्बन्धी बिषयमा अध्ययन गरिरहेका देउजा प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव समेत हुन्)

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np