वासिंटनमा नेपाली अवैतनिक वाणिज्य दुताबास स्थापना

प्रकाशित मिति: May 1, 2017  

सियाटल—अमेरिकाको वासिंटन स्टेटको सियाटलमा   अवैतनिक वाणिज्य दुतावासको कार्यलय उद्घाटन भएको छ। नेपाल सरकारले एसी शेर्पालाई अबैतानिक दुतमा नियुक्त गरेपछि  नेपालका लागि अमेरिकी राजदुत डा.अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलय संयूक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।

उद्‌घाटन समारोहमा राजदुत डा.कार्कीले सियाटल नेपाली दूतावास रहेको वासिंटन डिसीबाट निकै टाढा भएकोले चाहाना भएर पनि दुतावासले सजिलै आवश्यक सुविधा दिन सम्भव नहुँदा अबका दिनमा त्यो अभाव नहुने गरी काम गर्न अवैतनिक वाणिज्यदूत शेर्पालाई निर्देशन दिए।

नेपालीको समुदाय बढेसँगै बढ्दै गएको चुनौतिका कारण दुतावासले गर्ने काम एकातिर हुँदाहुँदै पनि स्थानीय संघसस्थालाई आपसमा मिलेर काम गर्न आग्रह गरे।

राजदुत कार्कीले नेपालमा रहेका समुदायलाई मिलेर काम गर्न र राजनीतिक रुपमा विभाजित नहुँन आग्रह गर्दै भने राजनीति नै गर्न परेपनि अमेरिकी राजनीति गर्दा नेपाल र नेपालीका लागि मदत पुग्ने भएकोले अमेरिकामा बसेर नेपाली राजनीति गरेर समुदायलाई विभाजित नगरी एकताबद्ध हुनुपर्नेमा जोड दिए। सोही कार्यक्रममा राजदुत कार्कीले आज र भोली सियाटलमा नेपाली राजदुतावासबाट उपलब्ध हुने सबै सेवा सुविधा लिन सकिने डेक्स स्थापना गरिएको जानकारी दिँदै दुतावासको डेक्स स्थापनाबाट लाभान्वित हुनु समुदायलाई आव्हान गरे।

नवनियूक्त अवैतनिक वाणिज्यदुत शेर्पाले आफूले यस अघि पनि समाज सेवामा निकै समय खर्चेकोे बताउँदै नेपाल सरकारले दिएको जिम्मेवारीको अक्षरस पालना गर्ने र समुदायका लागि थप काम गर्न प्रेरित गरेको बताउँदै नेपाल सरकारका लागि दुतका रुपमा काम गर्ने प्रतिवद्धता प्रकट गरे।

सोही उद्घाटन समारोहमा रेडमण्डका मेयर जोन मस्र्यानीले नेपाली सुमदायको संख्या बढे संगै उनीहरुका लागि वाणिज्य दुतावास स्थापना हुनु खुसीको कुरा भएको बताउँदै नेपाली समुदायलाई आइपर्ने सबैखाले समस्या समाधान गर्न सिटी अफिस तयार जानकारी दिए। वाणिज्यदूत शेर्पाले यसअघि पनि समुदायका लागि काम गर्दै आएकोले आगामी दिनमा नेपाली समुदायका लागि सक्दो सहयोग गर्ने उनले जानकारी दिए।

एनआरएन अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामालाई एनआरएन अभियानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। क्षेत्रीय संयोजक लामाले भुकम्पपछिको पुर्ननिमाणको अभियानमा गरेको योगदान, एनआरएन भवन निर्माण गरिएको योगदान, विभिन्न क्षेत्रका नेपालमा लगानी गरेको भन्दै एनआरएन अभियानमा दिएको योगदानको मुल्यांकन स्वरुप सम्मान गरिएको थियो। सम्मानित लामाले कार्यक्रममा मन्तव्य वाणिज्यदूत शेपालाई सरकारले दिएको सम्मानप्रति खुसी व्यक्त गर्दै उनको सम्मानले एनआरएनको पनि सम्मान भएकोमा खुसी प्रकट गरे। आफूलाई दिएको सम्मानले समुदायप्रतिको दायित्व बढेको बताउँदै उनले आगामी दिनमा थप काम गर्ने वचनवद्धता प्रकट गरे।

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले नेपालीहरु अमेरिकामा बढी रहेको सन्र्दभमा समुदायहरुबीच जातजाती भाषाभाषी र वर्ग भन्दामाथि उठेर  एकताबद्ध भए मात्रै उपलब्धि हासिल हुनेमा जोड दिए।

नेपाली समुदायलाई एकतावद्ध गर्नका लागि एनआरएन अमेरिका पुल बन्न तयार रहेको बताए। अमेरिकमा पहिलो पुस्ताले जति संघर्ष गरेर आफ्नो भावी पुस्ताका लागि पनि सकारात्मक काम गर्न जरुरी रहेकोमा जोड दिदै डा.पौडेलले अमेरिकामा एक हजार नेपाली डाक्टरहरु कार्यरत रहेको बताउँदै जे जति नेपाली भए पनि यहाँबाट कमाएको आर्थिक उपलब्धि र सीप देशका लागि नै हुने बताए।

एनआरएन अभियान मुलुकका लागि निकै फलदायी हुने भएकोले यस अभियानमा प्रवासमा रहेका सबै नेपालीहरु समाहित हुनु जरुरी रहेको बताए।

कार्यक्रममा सियाटल सिटीका काउन्सिलर एवं नेपाल सियाटल सोसाईटिका संस्थापक अध्यक्ष मोहन गुरुड, नेपाल सियाटल सोसाईटिका अध्यक्ष गणेश सिवाकोटीले अवको दिनमा नेपाली समुदायका लागि सियाटलमा वाणिज्य दुतावास स्थापनाले नेपाली समुदायका लागि सुविधा हुने बताउदै नेपाल सरकारले वाणिज्य दुत शेर्पालाई गरेको नियुक्तिप्रति सरकारलाई धन्यवाद दिए।

विश्वको सातवटै महादेशको उच्च शिखर आरोहण गरेका शेर्पाले सेभेन समिट फाउण्डेसनमार्फत नेपालको सोलुुखुम्बु र सिन्धुपाल्चोक जिल्लमा स्वास्थ्य र शिक्षाका समाजसेवा गर्दै आएका छन्। सो कार्यमक्रममा वाणिज्य दुत शेर्पाले सोलुखुम्बुको तिंग्लामा सामुदायिक भवन निर्माणका लागि लागि एसी शेर्पाले ४५ सय डलर अर्थात ४ लाख ५० हजार नेपाली रुपिया सहयोग हस्तान्तरण गरे।

कार्यत्रममा अमेरिकाका लागि नेपाली दुतावासका आर्थिक दुत कैलास राज पोख्रेलले लागनीको अवसर र नेपाल अमेरिकाबीचको विविध संझौताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np