प्रवासी नेपाली मञ्चको अधिवेशन बाल्टीमोरमा जारी, आईतबार नयां नेतृत्व चयन हुने

प्रकाशित मिति: Apr 2, 2017  

बाल्टीमोर, प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन बाल्टीमोरमा चलिरहेको छ । शुक्रबार सांझंबाट शुरु भएको अधिवेशनले आईतबार नयां नेतृत्व चयन गर्दै समापन हुनेछ । अमेरिकाको बिभिन्न २४ राज्यबाट आएका प्रतिनिधि, पर्यवेक्षक र अतिथीहरुको भब्य उपस्थितीमा शनिबार एमालेका संगठन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुगंले अधिवेशनको औपचारीक उद्घाटन गरेका थिए । मंचका बर्तमान अध्यक्ष सञ्जय थापाका अनुसार आईतबार बन्दसत्र हुने र त्यस पश्चात नयां नेतृत्व चयन हुनेछ । मञ्चको अध्यक्षका लागि टेक्सासका जनक राना र बर्तमान महासचिव प्रभु थापाले प्रतिष्प्रर्धा गर्ने निश्चित छ । ३१ सदस्यीय समितिको बरिष्ठ उपाध्यक्षमा प्रिती खत्री र टेक गुरुगं, महासचिवका लागि राधाकृष्ण देउजा र शंकर पन्तको दाबी रहेको छ । मञ्चका अन्य पदाधीकारीमा भने सहमतीबाटै नेतृत्व चयन हुने प्रयास भईरहेको उप महासचिवका प्रत्यासी तथा टेक्सास राज्यका संयोजक दिपक पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार आफुहरु सहमतीबाटै नेतृत्व चयन गरेर मञ्चलाई अझै मजबुत बनाउन लागिपरेको बताएका छन् । सहमतीका लागि नेपालबाट आएका नेताहरुका साथै हेम पाठक, भिम कार्की र बाला घिमीरे लगायतका केहि अगुवाहरु अहिले सहमती बाटै नेतृत्व बनाउन लागिपरेका छन् । सहमतीबाटै नेतृत्व चयन भएमा संस्था थप बलियो हुने उनिहरुको दाबी छ । मञ्चको न्यूयोर्कमा सम्पन्न भएको पहिलो अधिवेशनमा एक पदमा बाहेक सम्पुर्ण पदमा सहमती बनेको थियो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np