नयां पुस्तालाई समेट्दै अगाडि बढ्ने तयारीमा जनसम्पर्क समिति अमेरिका

प्रकाशित मिति: Mar 29, 2017  

न्यूयोर्क- नेपाली कांग्रेसको भातृ संगठन भनेर चिनिने जनसम्पर्क समिति अमेरिका नयां पुस्तालाई समेत समेट्दै अगाढि बढ्ने तयारीमा जुटेको छ । आगामी अप्रिल २२ देखि भर्जिनिया राज्यमा हुन लागेको साधारण सभामा आफ्नो बिधानलाई थप परिमार्जन गर्दै नयां पुस्तालाई समेत समेट्ने तयारीमा समिति लागिपरेको हो । समितिले केहि समय अगाडि गठन गरेको बिधान समितिले साधारणसभामा संसोधनका लागि प्रस्तुत गर्न लागेको बिधानमा जनसम्पर्क समिति अमेरिकालाई कसरी थप मजबुत र आकर्षक गराउन सकिन्छ भनेर ब्यापक छलफल गरिरहेको बिधान समितिका संयोजक पिताम्बर भुषालले बताएका छन् । संयोजक भुषालका अनुसार आफुहरुले प्रस्ताव गर्न लागेको बिधानमा नेपालको राजनीतिमा चासो नराख्ने अमेरिकामा रहेका नयां पुस्ताका साथै यंहाको कानुनको सम्मान गर्दै कसरी समाजलाई अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा संस्था थप प्रष्ट हुन लागेको बताएका छन् । अमेरिकाको कानुन अनुसार ५०१ सीमा दर्ता भएको सामाजिक संस्था भएकोले आफुहरु कसरी समाजको हितमा लैजाने भन्ने बिषयमा समेत गम्भिर भएको भुषालको भनाई छ । नेपालमा लामो कानुनि अनुभव सगांल्नुका साथै अमेरिकामा आएर पनि कानुन बिषय नै अध्यन गरेका भुषालको नेतृत्वमा रहेको समितिमा देशराज संजोग, बिनोद भट्ट, गौतम दाहाल र सुभेन्द्र रानाभाट रहेका छन् । केही समय अगाडी यो संस्था लाइ ५०१ C  अन्तर्गत दर्ता प्रकृया अगाडी बढाइएको र जुन बिघान बनेको छ त्यस लाइ समय सापेक्ष अनुरूप बनाउन र नयॉ बिघान लाइ साधारण सभाले पास गरेपछि मात्र त्यसलाइ लागु गर्न सकिने हुनाले पनि यो साघरण सभाको खाँचों छ भन्दै भूषाल ले सबै जना लाइ साघरण सभा लाइ भब्य रूपमा सफल बनाउन आग्रह समेत गर्नु भयो

यसैबिच साधारणसभाको तयारी लगायतका बिषयमा छलफल गर्न नेपालमा रहेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले नेपालमा रहेका नेपाली कांग्रेसका नेताहरुले अहिलेको साधारणसभा पश्चात संगठन थप मजबुत हुने कुरामा बिश्वस्त रहेको बताएका छन् । सभापति बिष्टका अनुसार साधारणसभाको लागि धेरै तयारी पुरा भईसकेको र नेपालबाट पनि नेपाली कांग्रेसका उच्च तहका नेताहरु साधारणसभामा आउन लागेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np