प्रवासी मञ्च अमेरिकाको अधिवेशनको भब्य तयारी, टेक्सासबाट जनक राना अध्यक्षमा भिड्ने

प्रकाशित मिति: Mar 27, 2017  

टेक्सास, प्रवासी नेपाली मञ्चको आउादो साता बाल्टिमोरमा हुन लागेको अधिवेशनमा टेक्सस राज्य कमिटीले जनक रानालाइ अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ । यही महिनाको ३१ तारिखदेखि मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको अधिवेशनमा रानालाइ सर्वसम्मत रूपमा राज्य कमिटीका तर्फबाट उम्मेदवार बनाइएको हो । अइतबार डाल्लासमा अयोजित पत्रकार सम्मेलनमा टेक्सास राज्य कमिटिका अध्यक्ष दिपक पाण्डेले आफुहरुले रानालाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाएको जानकारी दिनुभयो । अध्यक्षमा रानाको उम्मेदवारी पश्चात अब मञ्चका बर्तमान महासचिव वर्तमान महासचिव प्रभु थापा र रानाबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
‘म १६ वर्षदेखि अमेरिका बसेर समाजसेवामा संलग्न हुादै आएको छु, साथीहरूको सल्लाह अनुसार म अध्यक्षको उम्मेदवार हुन लागेको हुा,’ अध्यक्षका उम्मेदवार रानाले भने । अध्यक्षका उम्मेदवारका रूपमा विगतमा चर्चामा आएका कोषाध्यक्ष शंकर पन्त र टेक गुरूंगले आफूलाइ समर्थन गरेकोले पनि आफु थप मजबुत भएर अघि बढेको उनले बताए ।

रानाले निष्कृय रहेका ओएनएफका सदस्यहरूलाइ सकृय बनाउने, सामाजीक संस्थाका रूपमा ढाल्ने, अन्य सामाजीक संस्थासाग मिलेर भाइचारा संबन्ध स्थापित गर्ने र अमेरिकाको राजनीतिमा राजनीतिमा नेपाली समुदायलाइ अघि बढाउने लगायतकका योजना रहेको उनले बताए ।
नेपाली समुदायलाइ सहयोगका लागि आपतकालिन कोष स्थापना गर्ने आफ्नो योजना रहेको पनि उनले उल्लेख गरे । कार्यक्रममा मञ्चकी केन्ऽीय सदस्य यमुना भट्टराइले आफूलाइ पनि साथीहरूको सद्भाव रहेकोले उम्मेदवारका रूपमा अघि बढ्ने घोषणा गरिन् । ’तपाइको लागि धेरै सहज अवस्था छ भनेर धेरै दिदीबहिनीहरूले भन्नुभएको छ, त्यही भएर म पनि अघि बढ्ने योजनामा छु,’ उनले भनिन् ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष जीवन जोशीले जनक राना पुराना नेता भएकाले उहाालाइ टेक्सस राज्यसमितिको तर्फबाट सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको बताए ।
मञ्चका संस्थापक नेता भीम कार्की सहमति गर्ने आफुहरुको प्रयास रहेको र सहमती नबनेमा चुनावमा जाने निर्णय भएको उल्लेख गर्दै जनक रानालाइ सहमतिमा साझा उम्मेदवार बनाइएको बताए । ’जनकजी, हामी ३६ जनाकै साझा उम्मेदवार हुनुहुन्छ,’ उनले भने ।
त्यस अवसरमा मञ्चका टेक्सस राज्य समितिका अध्यक्ष दीपकप्रसाद पाण्डेले सबैलाइ मिलाएर जाने क्षमता जनक रानामा भएकोले उम्मेदवार बनाइएको बताए । उनले आफू अध्यक्ष पद छाडेर मञ्चको केन्ऽीय उपमहासचिवमा उम्मेदवारी दिन लागेको घोषणा गरे ।
ओएनएफको अधिवेशनमा टेक्ससबाट ३६ जना प्रतिनिधि सहभागी हुादैछन् । अधिवेशनको उद्घाटनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेकोमा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनका कारण उनी नआउने भएका छन् । अधिवेशनका लागि एमाले पोलिटव्यूरो सदस्य पृथ्बीसुब्बा गुरूंग अमेरिका आउादैछन् ।
त्यस अवसरमा हालै न्यूयोर्कबाट बसाइ सरेर ड्यालस आएका पत्रकार सूर्य थापालाइ मञ्चको तर्फबाट खादा ओढाएर स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np